कोरोना संक्रमणबाट ६२ वर्षीय पुरुषको मृत्यु

बुटवल । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए ।

सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए ।योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।