काठमाडौं उपत्यकामा २०५ सहित आज १०१६ जनामा कोरोना संक्रमण

काठमाडौं | नेपालमा हालसम्मकै धेरै कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । बितेको २४ घण्टामा काठमाडौंमा २ सय ५ जना गरि देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ ।

काठमाडौं उपत्यकामा संक्रमितमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन्। बितेको २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । यस्तै देशभर १० हजार ५६३ सक्रिय संक्रमित रहेका छन् भने आज १३ हजार ४६१ पीसीआर परीक्षण भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११४ पुगेको छ ।