एक कर्मचारीसहित स्वास्थ्य कार्यालयका प्रमुखलाई कोरोना संक्रमण

विराटनगर । कोरोना संक्रमितको व्यवस्थापनमा खटिएका जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड १९ उपचार केन्द्र विराटनगरको व्यवस्थापन हेर्दै आएका बस्नेतलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीसँगै कार्यालयका अर्का एक कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । एकसाता अघि गोठगाउँ आइसोलेसन केन्द्रमा खटिएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षकलाई संक्रमण पुष्टि भएको थियो । ‘संक्रमणको शंका लागेपछि क्वारेन्टिनमा रहेर कोरोना जाँच गराउँदा पोजटिभ रिपोर्ट आयो’ उनले भने ‘हिजोसम्म क्वारेन्टिइनमै बसेर काम गरे