राष्ट्रपति र प्रधानमन्त्रीद्वारा राष्ट्रकविप्रति श्रद्धाञ्जलि व्यक्त

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter’s Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेकी छिन ।

आज साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पु-याउनुभएको योगदानलाई सधैँ सम्झिरहने बताइन ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताए । उनले पनि आज साँझ ट्वीट गर्दै साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाउनुभएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने जनाए ।