पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयले बिहान ६ बजे एक प्रेस विज्ञप्ति जारी गर्दै पीसीआर रिपोर्ट पोजेटिभ आएकी महिलाaको उपचारका क्रममा निधन भएको उल्लेख गरेको छ |