अछाममा बाढीले बस्ती बगाउदा ४ जनाको मृत्यु , १९ जना बेपत्ता

कैलाली । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ ।

अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् ।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । प्रहरी घटनास्थलमा पुग्दै छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।