कोम्यान बने बार्सिलोनाको मुख्य प्रशिक्षक

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान बनेका छन् । पछिल्लो समय खराब लयमा रहेको बार्सिलोनाले बुधबार नेदरल्यान्ड्सका प्रशिक्षक कोम्यानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ ।

कोम्यानले बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेका छन् । ५७ वर्षीय कोम्यान बार्सिलोनाबाट सन् १९८९ देखि १९९५ सम्म खेलेका थिए ।

६ सिजन क्लबमा रहँदा उनले २५४ खेलमा ८३ गोल गरेका थिए । बार्सिलोनाले सोमबार सेटिनलाई बर्खास्त गरेको थियो ।

सेटिनको नेतृत्वमा बार्सिलोनाले २५ खेल खेलेको छ । जसमा १६ जित, पाँच हार र ४ बराबरी छ ।