निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता

काठमाडौं । नेकपा एमाले नामक पार्टी निर्वाचन आयोगमा आज दर्ता भएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार नेकपा एमाले दर्ता भएको हो ।

गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो ।

नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।