निषेधाज्ञामा सेयर बजार बन्द नहुने

काठमाडौं– जिल्ला प्रशासनले आज राति १२ बजेबाट निषेधाज्ञा जारी गरे पनि सेयर बजार भने बन्द नहुने भएको छ । यसअघि पहिलो पटक लकडाउन हुँदा ३ महिना बन्द भएको सेयर बजार यसपटक भने बन्द नहुने नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढङ्गानाले बताए ।

बजार सञ्चालन नेप्सेको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि पनि विद्युतीय माध्यमबाट घरमै बसेर सेयर कारोबार गर्न सकिने भन्दै बजार बन्द गर्न आवश्यक नै रहेको बताउँछन् । “घरबमै बसीबसी सेयर खरिदबिक्री र भुक्तानी गर्न सकिन्छ भने सेयर बजार बन्द गर्नुर्ने अवस्था नै छैन,” उनले भने, “अहिले बजार बन्द गर्नुपर्ने अवस्था छैन, सबै लगानीकर्ताले निर्धक्क भएर कारोबार गर्दा हुन्छ ।”

अनलाईनको युजर आइडी र पासवर्ड लिनेको संख्या नै करिब ६० हजार पुगिसकेको उनले बताए ।