पूर्वप्रधानमन्त्री खनालद्वारा गृहजिल्लामा स्वास्थ्य सामग्री प्रदान

इलाम – पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोरोना महामारीपछि दोस्रो पटक आफ्नो गृहजिल्लामा स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

कोरोनाको सङ्कटबाट बच्न खनालले बिरामीको उपचारमा खटिँदा लगाइने(पीपीइ) आठ सय थान र चस्मा एक हजार पाँच सय थान प्रदान गरेका हुन् । इलाम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभामा निर्वाचित खनालले सोही क्षेत्रका लागि सामग्री प्रदान गरेका हुन् ।उनले सबै सामग्री जिल्ला ल्याएर हस्तान्तरण गरिने बताएका छन् ।