गाँजासहित एक जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अवैध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् ।

उनलाई प्रहरीले मङ्गलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो । ८५ सुर्तीका प्याकेटमा प्याक गरि बिक्री गर्ने अवस्थामा घरभित्र लुकाइ राखेको अबस्थामा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।