बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी । बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३–० गोल अन्तरले पराजित गर्दै जर्मन क्लब बायर्न फाइनलमा पुगेको हो ।

स्टाडियो जोसे अल्भालाडे रंगशालामा बायर्नलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्कीले एक गोल थपे ।

खेलको १८औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ३३औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए ।