प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाए

काठमाडौं । प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बिहीवार ५ बजे बैठक बोलाएका हुन् ।

यसअघि सोमबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थियो । आज पनि बैठक बस्ने एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार बैठकमा कोरोना संक्रमणको संख्या बढ्दै गएकाले थप रणनीति बनाउने बारेमा छलफल हुनेछ ।