काठमाडौं उपत्यकामा २०० जनासहित थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०० जनासहित नेपालभर ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्र नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएका छन जसमध्य उपत्यकामामा मात्र २०० जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

नेपालमा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको सख्या १२६ जनाको पुगेको छ भने १७ हजार ९६४ जना निको भइसकेका छन । पछिल्लो २४ घण्टामा मात्र २६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ८३२ नमुना परीक्षण गरिएको थियो, त्यस क्रममा काठमाडौं उपत्यकामा मात्र २०० जना संक्रमित भेटिएका छन् ।

यस्तै सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१–३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१–२१ जना, सप्तरी, कास्की र दैलेखका १९–१९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६–१६ जना, महोत्तरीा १५, सुनसरीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

तेह्रथुम र मोरङमका ९–९ जना, बारा र बाग्लुङका ८–८ जना, उपयपुर र दाङका ४–४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३–३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २–२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १–१ जनामा संक्रमण देखिएको छ ।