युवतीमाथि एसिड प्रहार गर्ने दुईजना जेल चलान

काठमाडौं । राजधानीको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई अभियुक्तलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बिहीवार उक्त मुद्दाको सुनुवाइ गर्दै थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले अभियुक्त मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई थुनामा राख्न आदेश दिएको हो । साथै अदालतले एसिड आक्रमणमा परेकी पवित्रा कार्कीको उपचारका लागि राहत कोषमा तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिएको छ ।

गत साउन ८ गते पवित्रामाथि सीतापाइलामा एसिड प्रहार भएको थियो । एसिड प्रहार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई अपराध अनुसन्धान महाशाखाको टोलीले २४ घण्टाभित्रै पक्राउ गरेको थियो ।