कैलालीमा आज मध्यरातिदेखि निषेधाज्ञा

कैलाली( कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै कैलालीमा आज मध्येरातदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले ४ भदौ राति १२ बजेदेखि १४ भदौसम्म निषेधाज्ञा घोषणा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ मा भएको अधिकार प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले निषेधाज्ञाको आदेश जारी गरेका हुन्। उक्त आदेश कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन भइसकेको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अत्यावश्यकीय सामग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा समेत रोक लगाएको छ ।  यो अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन समेत निषेध गरिएको छ ।