थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीको देवदहमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह मेडिकल कलेज भलुहीमा उपचाररत देवदह नगरपालिका(३ स्थित शिशपुरका ७० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो ।

देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशिनाथ बञ्जाडेका अनुसार बुधबार मात्रै ती पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । मृतकमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत रहेको थियो ।

 

केही दिन अघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गराएका उनको देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । नको निधनपछि कलेजलाई शिल गरी उपचारमा संलग्न चिकित्सकहरुलाई सेल्फ आइसोलेसनमा राखिएको र शिशपुर क्षेत्रमा पनि आवतजावत रोकिएको बन्जाडेले जानकारी दिए ।