कर्णालीमा थपिए ३३ जना कोरोना संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कर्मचारी, सुरक्षाकर्मी र कामदारसहित ३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार थप ३३ जनामा संक्रमण पुष्टि भएको हो । पिएका संक्रमितमध्ये ७ जना सरकारी भवन निर्माणमा संलग्न कर्मचारी, तीनजना सुरक्षाकर्मी, एकजना बित्तीय संस्थाका कर्मचारी, एकजना निजी संस्थाका कम्प्युटर अपरेटरसहित वीरेन्द्रनगरका मात्रै १४ जना रहेको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिए ।

प्रमुख वाग्लेका अनुसार ती कार्यालयहरु केही दिनका लागि सिल गरेर ‘‘कन्ट्याक्ट ट्रेसिङ्ग’ गर्ने काम भैरहको छ । सरकारी भवन निर्माणमा संलग्न कर्मचारी भने लकडाउन खुलेपछि संक्रमित जिल्लाहरुबाट सुर्खेत आएको प्रमुख वाग्लेले बताए ।

बिहीबार थपिएका संक्रमितमध्ये जिल्लागत विवरणअनुसार दैलेखका १८ जना, बाँके र पर्साका तीनरतीनजना, बाराका दुईजना, सुर्खेत, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, अछाम, मोहतरी र काठमाण्डौंका एकरएकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१६३ पुगेको छ । कर्णालीमा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २१२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।