मनिष राउतको ‘परदेशी’ बोलको गीत बजारमा(भिडियोसहित)

‘परदेशीनु रहर छैन बाध्यता हो मेरो
छोडी आए गाउ–घर अहिले लाग्छ नराम्रो
सानै थिए लाला बाला सम्झी पोल्छ छाती
बिर्सै भन्छु त्यही यादले सताउछ दिन राती’

काठमाडौं । ‘परदेशी’ बोलको गीत बजारमा आएको छ । रोशन राइबा स्वर रहेको उक्त गीतमा शब्द निरज राइ र अन्जन राइको रहेको छ भने रोशन राइको संगीत रहेको छ ।

मनिस राउत,यमुना रसहालको अभिनय रहेको उक्त गीतमा बालकलाकारमा मौसम सुन्दास र अकींत शर्माको रहेको छ । रोशन लुटेल,दुर्गा श्रेष्ठले खिचेको भिडियोलाइ सुमन तमाङले सम्पादन गरेका छन । अस्मित पोखरेलले निर्देशन गरेको उक्त भिडियोले नेपालीहरु बाध्यताले बिदेशीनुको पिडालाइ देखाएको छ ।

भिडियो हेर्नुहोस :