एमालेले १०, माओवादीले ७ मन्त्रालय पाउने

काठमाडौं (पास)– एमालेले १० र माओवादीले ७ मन्त्रालय पाएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिमण्डल विस्तार गर्ने भएको छ ।

आज माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच मन्त्रालयहरुको छलफल गरी भागवण्डा मिलाइएको हो ।

मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् ।

एमालेले भोलि विहान ९ बजे स्थायी कमिटीको बैठक बालुवाटारमा बोलाएको छ । माओवादी नेताहरुको भने प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

एमालेको भागमा परेका मन्त्रालयहरु

अर्थ तथा योजना

परराष्ट्र

रक्षा

भौतिक पूर्वाधार तथा यातायात

संघीय मामिला तथा सामान्य प्रशासन

सूचना सञ्चार

कानुन, न्याय तथा संसदीय मामिला

पर्ययन

शिक्षा तथा खेलकुद

स्वास्थ्य तथा जनसंख्या

माओवादीको भागमा परेका मन्त्रालयहरु

गृह

जलस्रोत तथा ऊर्जा

उद्योग, वाणिज्य तथा आपूर्ति

शहरी विकास, आवास खानेपानी तथा सरसफाइ

वन तथा वातावरण

कृषि, सहकारी तथा भूमि व्यवस्थापन

श्रम तथा रोजगार तथा महिला बालवालिका