कालीकोटमा भदौ १२ गतेसम्म निषेधाज्ञा

सुर्खेत । कालीकोटमा आज शुक्रवार रातिदेखि लागू हुने गरी निषेधाज्ञा गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र कालीकोटको शुक्रवार बसेको बैठकले भदौ १२ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिने जनाइएको छ । साथै अन्य जिल्लाबाट कालीकोट प्रवेशमा समेत रोक लगाइएको छ ।