लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की । लागूऔषध मुद्धाका फरार प्रतिवादी पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने सोही महानगरपालिका–१९ पुरनचौर घर भएका २४ वर्षीय अश्विन बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको २०७६ कात्तिक २६ गतेको फैसलाले लागूऔषध मुद्धामा ८ महिना कैद र २२ हजार रुपैयाँ जरिवान र पुन लागूऔषध मुद्दामा जिल्ला अदालत कास्कीको २०७६ मंसिर २४ गतेको फैसलाले २ बर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले सोही महानरपालिका–६ लेकसाइटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।