विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ८ लाख

काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शनिबार विहानसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या सात लाख ९७ हजार सात सय ८७ पुगेको छ । यसैगरी विश्वभर विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड २८ लाख ६४ हजार ८ सय ७३ पुगेको छ ।