सेभियालाई छैटौं पटक पनि युरोपा लिगको उपाधि

काठमाडौं– स्पानिस क्लब सेभियाले कीर्तिमानी छैटौं पटक युइएफए युरोपा लिगको उपाधि जितेको छ ।

लुक डे जोङको दुई गोल अनी रोमेलु लुकाकुको आत्मघाती गोल मद्दतमा सेभियाले इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै यस सिजन युरोपा लिग च्याम्पियन बनेको हो ।

एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियाले इटालियन क्लब इन्टरलाई ३–२ ले हराउँदै उपाधि हात पारेको हो । अन्तयमा लुकाकुकै आत्मघाती गोलपछि सेभिया विजयी भएको हो ।

जर्मनीको कोलोनमा शुक्रबार राति भएको फाइनलको पाँचौ मिनेटमै लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । सेभियाका डिएगो कार्लोस्ले लुकाकुलाई फाउनल गरेपछि त्यसैमा प्राप्त पेनाल्टीमा लुकाकुले गोल गरे । इन्टरको अग्रता लामो समयम टिकेन। १३औं मिनेटमा लुक डे जोङले सेभियाका लागि बराबरी गवल फर्काए । ३३औं मिनेटमा जोङले व्यक्तिगत दोस्रो गोल गर्दा सेभियाले २(१ को अग्रता बनायो । त्यसको दुई मिनेटपछि इन्टरका डिउगो गोडिनले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि खेल रोमाञ्चक बनेको थियो । पहिलो हाफ बराबरीमै सकियो ।

दोस्रो हाफमा सेभिया भाग्यमानी बन्यो। ७४औं मिनेटमा लुकाकुले गरेको आत्मघाती गोल नै सेभियालाई जिताउन निर्णायक बन्यो । सेभियाका डिएगो कार्लोसले प्रहार गरेको ओभरहेड किकलाई लुकाकुले आफ्नै पोष्टमा गोल गरे । त्यसपछि सेभियाले अग्रता बनाउँदै खेल जित्यो ।