दक्षिण कोरियाद्वारा देशव्यापी निषेधाज्ञा जारी

सोल– दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ ।

कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीले जनाएका छन् ।

सरकारले भेला हुन, रात्रिकालिन गतिविधि गर्न, चर्च, खेलकुद तथा अन्य भीडभाड हुने ठाउँका गतिविधिमा रोक लगाइएको छ ।

स्वास्थ्यमन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिमा देशभरी नै रोक लगाइएको जानकारी दिए ।

दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको पनि उनले बताए ।

नयाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश राजधानी सोल महानगरपालिकाभित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ ।

सङ्क्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए ।

कतिपय प्रतिवन्धात्मक व्यवस्था भने सरकारले यसअघि पनि लागु गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्ध लगाइएको हो ।