भारतीय पूर्वराष्ट्रपति मुखर्जी स्वास्थ्यमा आएन सुधार

एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको अस्पतालले जनाएको छ ।

एक हप्ताअघिदेखि अचेत अवस्थामा रहेका मुखर्जीको अवस्थामा कुनै परिवर्तन नआएको दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालले जनाएको छ । अस्पतालले शनिबार दिएको जानकारीअनुसार ८४ बर्षीय मुखर्जीको अधिकांश स्वास्थ्य सूचकमा कुनै परिवर्तन आएको छैन ।

स्वासप्रश्वासमा समस्या भएपछि गत अगस्ट १० मुखर्जीलाई दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको छ ।  ‘श्री प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,’ अस्पतालद्धारा जारी वक्तव्यमा उल्लेख छ ।