एपीएफद्वारा बारामा ४३ किलो गाँजा बरामद

बारा । जिल्लाको पचरौता नगरपालिका ९ स्थित कालाबन्जरबाट शुक्रबार एपीएफ टोलीले करीब ४३ किलो ६ सय ग्राम गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस तेलकुवाबाट खटिएको एपीएफ टोलीले उल्लेखित गाँजा बरामद गरेको हो ।

गाँजा लिएर जाँदै गरेका व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडेर भागेपछि बरामद गरिएको हो । बरामद गाँज जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ ।