सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा

सुनसरी । सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ । डिसीसीएमसीको आज सम्पन्न भएको बैठकले जिल्लामा एकसाताका लागि निषेधाज्ञाको समय थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।

सुनसरीमा यही भदौ १४ गते राति १२ः०० बजे सम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । यो भन्दा अगाडिको बैठकले आज राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलिएर सङ्क्रमितको संख्या दैनिक रुपमा बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न तथा फैलिन नदिन भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको सहायक प्रजिअ पोखरेलले बताउए । अति आवश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरिएको छ ।