विभिन्न स्थानमा चारजना मृत फेला

काठमाडौं । आज विभिन्न स्थानमा चारजना मृत फेला भेटिएका छन ।

काठमाडौं, तारकेश्वर नगरपालिका ४ शेषमतीस्थित सनफ्लावर स्कुल नजिक बस्ने तनहुँ भानु नगरपालिका ४ घर भएका ५४ वर्षीय बुद्धि प्रसाद अधिकारी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । सर्लाही, हरिपुर नगरपालिका ५ मजुर्वा बस्ने १९ वर्षीया मनिषा कुमारी चौधरी आफ्नै घरको पूर्वपट्टी मृत फेला परेकी छिन् ।

नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका ८ बालुवाटोल बस्ने ४० वर्षीय अर्जुन यादव आफ्नै घर अगाडि टाउको र पिठ्यूमा चोट लागेको अवस्थामा मृत फेला परेका छन् । घटनामा संलग्‍न रहेको आशंकामा सोही स्थान बस्ने ३ जनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

यस्तै पर्सा, सखुवा प्रसौनी गाउँपालिका २ घुसुकपुर बस्ने ४५ वर्षीय राजेन्द्र दहित मृत अवस्थामा फेला परेका छन् ।  अन्य तीन जनासँग शनिबार सालको पात टिप्‍न पर्सा राष्ट्रिय निकुञ्ज भित्र गएकोमा अन्य २ जना फर्किएको र उनी घर नआएपछी प्रहरीले निकुञ्जको टोली र स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा दहितको शव फेला पारेको हो ।