प्रहरीद्वारा एक थान भरुवा बन्दुक बरामद

गुल्मी । मालिका गाउँपालिका–५ छापाहिलेबाट १ थान एकनाले भरूवा बन्दुक शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँ बस्ने ५० वर्षीय पुने गिरीको घर नजिकैको गोठमा मकैको खोस्टा मुनी प्लास्टिकले बेरेर लुकाई राखेको अवस्थामा उक्त बन्दुक देखेपछि पुनेले प्रहरी चौकी अर्खाबाङमा खबर गरेका हुन् ।