सार्वजनिक हुनुअगाडि नै फेसबुक र टिकटिकमा हिट ‘केयर गर्दिनौं’

काठमाडौं । टिकटक र फेसबुकले मानिसहरुलाइ ब्यस्त बनाएको समयमा गायक महेश बिक्रम पाण्डेले यहि कुरालाइ समेटेर गीत बनाएका छन । फेसबुक र टिकटकले ब्यस्त बनाएको बिषयमा समाबेस भएको कथाबस्तु भएकोले पनि होला भिडियो रिलिज अघिनै टिकटकमा यो गीत भाइरल बन्दै गएको छ । चर्चित गायक दुर्गेश थापाले यो गीतमा टिकटक बनाउना साथ डुइट गर्ने बढिरहेका छन् । गीतमा ‘आज भोलि मन को कुरा शेयर गर्दिनौ पैले जस्तो मलाइ किन केयर गर्दिनौ’ शब्द रहेको छ । प्रदिप प्रखर पोख्रेलको शब्द रहेको उक्त गीतका सङ्गितकार पनि महेश आफैं नै रहेका छन । उक्त भिडियो पुनम अडियो भिडियो सोलुसन प्रालीको प्रस्तुतिमा दुर्गेश थापाको डी सिरिज युटुब च्यानलबाट रिलिज भएको छ ।


गायक महेश कै एरेन्ज मिक्सिङ रहेको गीतमा उनकै सम्पादन रहेको छ भने निर्देशन पनि आफैंले गरेका छन् । अदिप श्रेष्ठको कोरियोग्राफी रहेको उक्त गीतमा द ब्ल्याक फाइर क्रीउको डान्स रहेको छ भने मुख्य अभिनयमा अनुप श्रेष्ठ , शिशिर तिमिल्सिना , अनिता गिरि, र लक्ष्मी शाह रहेका छन् । भिडियोको छायांकन महेश महराले गरेका छन भने श्रीङ्गारको काम बिनिता तामाङ्गले गरेका छन् । त्यसैगरि राजकुमार मगरले रङ्ग सम्योजन गरेका छन पुनम रेकर्डिङ स्टुडियो सामाखुसीमा रेकर्डिङ गरिएको यो गीतका रेकर्डिस्ट राज खड्का रहेका छन ।
गीतले कतिको सफलता पाउछ त्यो दर्शकको हातमा छ । हाम्रो तर्फबाट शुभकामना ।