कोरोना सङ्क्रमणबाट आज मात्र नेपालमा ८ जनाको निधन

काठमाडौँ– नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट आज एकै दिन आज आठ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विगत २४ घण्टामा तीन महिला र पाँच जना पुरुषको सङक्रमणको कारणबाट मृत्यु भएको जानकारी दिए ।

उनका अनसार सङक्रमणबाट मृत्यु हुनेमा सुनसरीका ६५ वर्षका एक पुरुष, मोरङका ६५ वर्षका एक पुरुष, काठमाडौंका ४८ वर्षका एक महिला, रुपन्देहीका ६७ वर्षका एक महिला र रुपेन्देहीकै ३८, ५३, ५४ वर्षका तीन पुरुष र पर्साका ७० वर्षका एक महिला रहेका छन । हालसम्म कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ ।