थप २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण सोमबार पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ ।

काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । काठमाडौंका पुरुष भदौ ६ गतेदेखिअस्पतालमा उपचाररत थिए । त्यस्तै धनुषाका पुरुष भने साउन २५ गतेदेखि उपचाररत थिए ।