थप १७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीको गैँडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ९ जना छन्। उनीहरुमध्ये २ जना पुरुष र ७ जना महिला रहेका छन्। श्रीपुष्पाञ्जली हस्पिटलमा उपचाररत भरतपुर–३ का ५१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

अन्य ६ जनाले पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालबाट स्वाब दिएका हुन्। यस्तै पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलबाट स्वाब दिएका रत्ननगर–५ र १० का ३६ वर्षीय पुरुष र २८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ।

त्यसैगरी राप्ती नगरपालिका–२ र ८ का ५८ र ४३ वर्षीय दुई पुरुष, २५ र ५१ वर्षीया दुई महिलामा पनि संक्रमण पुष्टि भएको छ। उनीहरू राप्तीको क्वारेन्टिनमा रहेका छन्।

यसैगरि पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडाकाकी ३८ वर्षीया महिला र पूर्वी नवलपरासीको गैँडाकोटकी ५२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा।अधिकारीले जानकारी दिइन्। सोमबार कुल ४०५ वटा नमूनाको परीक्षण गरिएको थियो। चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेक‍ो छ।