आगलागी हुँदा एक जना जलेर घाइते

मोरङ – मोरङ्गको ग्रामथानमा आगलागी हुँदा एक जना जलेर घाइते भएका छन् ।

ग्रामथान गाउँपालिका ५ का तीर्थराज रिजालको घरमा विद्युत सर्ट भएर लागेको आगो निभाउने क्रममा रिजाल जलेर घाइते भएका हुन् । उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रिजालको भान्सा कोठामा राति साढे ९ बजेतिर लागेको आगो समयै नियन्त्रणमा लिन नसक्दा खाद्दन, लत्ता कपडा लगायत जलेको प्रहरीले जनाएको छ । आगो प्रहरी, स्थानीयवासी र विराटनगर तथा सुन्दरहरैंचाको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएका थिए ।