कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

कास्की । पोखरामा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा ३२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । अरु कुनै पनि रोग नदेखिएकी महिलाको कोरोनाका कारण मृत्यु भएको गण्डकीमा यो पहिलो पटक हो ।

 “उहाँलाई अन्य कुनै रोग थिएन, कोरोना लागेर नै निधन भएको यो पहिलो केस हो,” पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रका निर्देशक डा। अर्जुन आचार्यले भने । गण्डकीमा कोरोनाबाट निधन हुनेको संख्या ८ पुगेको छ ।