उपत्यकामा ३७७ सहित एकैदिन थपिए १ हजार १११ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ सहित १ हजार १११ कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।