प्युठानमा एक साता लकडाउन

दाङ । प्युठानमा आज राति १२ बजेदेखि लागु हुने गरी एक साता लकडाउन हुने भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले भदौ १८ गते राति १२ बजेसम्मका लागि जिल्लाभर पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

यो अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहनेछन् । बन्द अवधिमा अत्यावश्यक खाद्यान्‍न पसल, तरकारी पसल र डेरी बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।