दुईजना कोरोना संक्रमितको मृत्यु

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र अर्का पुरुष छन्।

प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार उपचारका क्रममा मोरङको बेलबारी( ५ की ५६ वर्षीया महिला र झापाका ८३ वर्षीय पुरुष छन् । झापाका पुरुषलाई बीएण्डसी हस्पिटल बिर्तामोडले बीपी रिफर गरेको थियो । कमल गाउंपालिकाको स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बिरामी भएपछि ती पुरुषलाई उपचार गर्न दमकको लाइफलाईन अस्पताल पठाइएको बताए ।

 

उनी कमल गाउँपालिका केर्खाका हुन । पुरुषमा सुगर,प्रेसर र मृगौलामा समस्या थियो । भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएका उनी सोही दिन वीपीमा भर्ना भएका थिए । उनको शुक्रबार बिहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यस्तै, बेलबारीकी महिलालाई कोसी अस्पतालले धरान रेफर गरेको थियो । भदौ ९ गते धरान भर्ना भएकी थिइन् । उनको सोही दिन पीसीआर पोजेटिभ आएको थियो । उनको पनि बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दुवैको शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले छ ।