एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज कोरोनाले ज्यान गुमाउनेहरुमा ४ महिला र ८ पुरुष रहेका छन् ।

जसमा मोरङकी ५६ र ६५ वर्षीया २ महिला, भक्तपुरकी ६४ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला रहेका छन् । त्यसैगरी उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, सिरहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षीय पुरुष, चितवनका ५१ वर्षीय पुरुष, कास्कीका ५२ वर्षीय पुरुष र रुपन्देहीका ६० वर्षीय पुरुष रहेका छन् ।