ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

रुपन्देही । रुपन्देहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका ५ बुद्धनगरस्थित सडकमा ना.६ ख ५७०२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ६ कलौनी बस्ने छत्र बहादुर बिकको १६ वर्षीय छोरा बिनोद विकको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बिनोदको लुम्विनी प्रादेशीक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।