उपत्यकामा १८६ सहित देशभर ८८४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १८६ सहित देशभर ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । उनीहरुमध्ये २०७ जनाको मृत्यु भएको छ भने २० हजार ५५५ जना कोरोनामुक्त भएका छन् । काठमाडौं उपत्यकामा १८६ जना संंक्रमित थपिएका छन् । काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६र२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१र२१ जना, झापा र बाँकेका २०र२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९र १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९र९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३र३ जना, सप्तरी र कपिलवस्तुका २र२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १र१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।