कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

काठमाडौं । कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ ।

पाटन अस्पताल ललितपुरमा उपचाररत महोत्तरीकी ६२ वर्षीया महिलाको कोरोनाका कारण आज दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय लिलितपुरले जनाएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले आज दिउँसोको नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ संक्रमितको मृत्यु भएको जनाएको थियो ।