मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर । मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ६१ वर्षीय पुरुषको शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३ भदौमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । मुटुसम्बन्धी रोगबाट पीडित उनको शनिबार मृत्यु भयो । उनको बिहीबार स्वाब संकलन गरिएको भएपनि शनिबार मृत्यु भइसकेपछि पोजेटिभ रिपोट आएको पथरी शनिश्चरे नगरपालिकाका मेयर दीलिप राईले जानकारी दिए ।

त्यसबेलासम्म आफन्तले शव लगिसकेकका थिए । कोरोना नगेटिभ देखिएको भन्दै आफन्तले शव लगेको तर पोजेटिभ रिपोर्ट आएपछि प्रशासनलाई खबर गरेको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए । लगतै नेपाली सेनाको टोलीले बाटोबाटै शव लगेर अन्त्येष्टि गरेको मेयर राईले बताए ।