कोरोना अपडेट : विश्वभर २ करोड ४५ लाख कोरोना संक्रमित

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ४५ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४५ लाख ८७ हजार ५१३ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ३३ हजार ५५६ को मृत्यु भइसकेको छ ।