चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

बारा । बरा प्रहरीले चोरी भएको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कलैया उपमहानगरपालिका–४ स्थित बिगन महतोको घरबाट चोरी भएको बा.७६ प १६९४ नम्बरको मोटरसाइकल सहित सिम्रौनगढ नगरपालिका–९ स्थित अडुवा खोलाको पुलबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका–३ बस्ने १९ वर्षीय सरफराज मियाँ र सोही ठाउँ बस्ने २२ वर्षीय जफिर आलम रहेका छन् ।

बारा देवताल गाउँपालिका–३ बस्ने राजु कुमार कुशवाहाको उक्त मोटरसाइकल र मोबाइल समेत चोरी भएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरीले उनीहरुले चोरी गरेको मालसामान तथा ४ थान मोबाइल लिई सोही मोटरसाइकलमा भागिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।