महानगरीय प्रहरी कार्यालयका थप १३ जनामा कोरोना पुष्टि

संक्रमित हुने प्रहरीको संख्या २८ पुगेको छ

काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । प्रहरी उच्च स्रोतका अनुसार योसँगै रानीपोखरीमा संक्रमित हुने प्रहरीको संख्या २८ पुगेको छ । संक्रमण बढेसँगै प्रहरीले न्यून जनशक्तिबाट काम गरिरहेको छ ।

योसँगै हाल उपत्यकामा संक्रमित प्रहरीको संख्या २७८ पुगेको छ । देशभर एक हजार ५ सय ६७ प्रहरी संक्रमित छन्, तीमध्ये ६ सय ७४ जना निको भएर फर्किसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।