पीसीआर परीक्षणको शुल्क घट्यो,४ हजार ४ सय निर्धारण

काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना जाँचका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले पीसीआर परीक्षणको शुल्क ४ हजार ४ सय निर्धारण गरिएको जानकारी दिए ।

यसअघि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय तोकेको थियो । स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क एक हजार एकसय रुपैयाँ घटाएको हो । विभिन्न प्रयोगशालाहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको गुनासा आएको भन्दै स्वास्थ्य मन्त्रालयले बढी शुल्क लिएमा त्यसको अनुगमन तथा नियमनमा कडाइ गर्ने पनि जानएको छ ।