मन्त्रिपरिषद् बैठक जारी

काठमाडौंप्र । धानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक केहीबेर अघिबाट शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासको विषयमा बैठकमा समीक्षा हुने जनाइएको छ । त्यसैगरी बैठकले केही महत्वपूर्ण राजनीतिक निर्णय गर्ने अनुमान गरिएको छ।