थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आइतबार साँझ गण्डकी प्रदेशमा थप १४ कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै गोरखाका १२ र बागलुङका २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१३७ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ । सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

विज्ञप्ति :